प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
श्रावण २०७९
एसिड प्रहार गरी घाईते बनाउने मानिस पक्राउ ।
२०७९-०४-३०

२०७९।०४।३० गते १९:३० बजेको समयमा जिल्ला सल्यान दार्मा गाउपालिका-३ चम्फुटाकुरा बस्ने दिलबिर रावतको छोरा बेचे रावतले माधक पदार्थ सेवनगरी लेनदेनको विषयलाई लिएर एभरेष्ट लिसा कम्पनीले खोटो संकलन गर्न भनी निजको घरमा राख्न दिएको एसिड ल्याई आफ्नै पसलमा बसीरहेको निजको भाई भिम बहादुर रावत,निजकी श्रीमती दिपा रावतलाई एसिड छ्याप्ने क्रममा सोही पसलको ढोकामा उभिएको गेदे रावतको छोरा वर्ष ३२ को भिम बहादुर रावतको शरीरमा समेत पर्न गई घाईते भएको भनी २१:०० बजे टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय दार्मा,सल्यानमा जानकारी गराए पश्चात उक्त स्थानमा प्रहरी टोली खटिई गई निज एसिड छ्याप्ने बेचे रावतलाई नियण्त्रणमा लिई निजको घरमा राखेको अन्दाजी २०।२२ लिटर एसिड समेत बरामद गरेको र घाईतेहरुलाई उपचारको लागी सु.प.०१०१००१ च.३२५८ नं.को जिप मार्फत श्रीनगर सल्यानतर्फ पठाएको । तिनै जनाको अनुहार लगायत शरीरको विभिन्न भागमा पोलिएको अवस्था सिरियस थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय थारमारे सल्यानबाट Soco सहित प्रहरी टोली खटिई गएको ।

जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु ।
२०७९-०४-२९

मिति २०७९।०४।२९ गते अं.०८:०० बजेको समयमा जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका ५ गेरवानी राम बहादुर चन्द र कबि वली आफ्नो घर देखि ३००/४०० मिटर पुर्ब तर्फ बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर यरिया (जङ्गलमा) घाँस काटन गएकोमा अबेर सम्म नफर्किएको भनी आफन्तहरुले १६:२० बजेको समयमा यस अस्थाई प्रहरी पोष्ट बबईमा खबर गरे पश्चात तत्काल प्रहरी टोली , बर्दिया राष्ट्रिय निकुञ्ज देब दत्त गण चिसापानी सुरक्षा चेक प्वाईन्ट चेपाङ बबईबाट खटिएका नेपाली सेना,बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानिय मानिसहरुले खोजतलास गर्दै जाँदा दुबै जनालाई जङगली जनावरले आक्रमण गरी मृत्यु भएको अबस्थामा फेला पारेको निज राम बहादुर चन्दको पेटको भागमा खाएको र कबि वलीको घाँटिको भाग खाएको उक्त स्थानमा थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी टोली खटिएको ।

लागूऔषध सहित मानिष पक्राउ ।
२०७९-०४-२८

मिति २०७९।०४।२७ गते अं.१३:०० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडा स्थित लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो शाखा सुर्खेत, जिल्ला प्रही कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-६ बस्ने बर्ष ३१ को भिम बहादुर रोकायलाई चेकजाँच गर्दा निजको साथमा लुकाई छिपाई राखेको १ पुरिया,ऐ. ९ बस्ने बर्ष १८ की मनिषा घिमिरेको घर एरीयाबाट ६ पुरिया र ऐ.ऐ. बस्ने बर्ष २५ की जीबनकली थापा घिमिरेलाई लागूऔषध सहित पक्राउ गरी निजहरूको साथबाट  नाप तौल गर्दा शुद्ध ३८० (तीन सय असि) मिलिग्राम लागूऔषध  सहित नियन्त्रणमा लिई अवश्यक अनुसन्धान भई रहेको ।

जंगली च्याउ खाँदा गम्भिर घाईते भएको ।
२०७९-०४-२१

मिति २०७९।०४।२० गते अं.१८:०० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका -०४ साईलाकम्द बस्ने दिर्घ बस्नेतको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका ४ जना विरामी भई उपचारको लगि  मिती २०७९।०४।२१ गते अ.०६:०० बजेको समयमा जिल्ला अस्पताल सल्यानमा ल्याई उपचार भईरहेको श्रीमती वर्ष ४० की मिना बस्नेत, निजकी छोरी पबित्रा बस्नेत, ऐ.ऐ.बस्ने केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेत अवस्था सामान्य रहेको  र केशर बस्नेतकै छोरी वर्ष अ. ४ की जोशना बस्नेत अवस्था गम्भिर रहेको ।मिति २०७९।०४।२० गते अं. १७:०० बजेको समयमा जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका -०९ जैतपानी बस्ने भुप बहादुर वलीको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका ५ जना विरामी भई उपचारको लागि ऐ. २१:१५ बजेको समयमा जिल्ला अस्पताल सल्यान ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ. २१: ३० बजेको समयमा प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको अवस्था सुधार भईरहेको ।  

कुटपिट गरी घाईते ।
२०७९-०४-२१

मिति २०७९।०४।२०गते अं.१९:४५ बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका -०७ पटाङगिनि स्थित स्थानिय हरुले लाखे नाच नाच्दै दुल्लु बजार तर्फ जाने क्रममा ऐ बस्ने बर्ष २० को रोसन भण्डारी, सागर भण्डारी बर्ष र धुर्ब सार्की लगायतका ब्यक्ती हरुले बिद्युत प्राधिकणका कर्मचारीहरु संग मोटरसाईकल रोकी पैसा माग्दा रु २० रुपैया दिएकोमा रु १०० रुपैया दिनु पर्छ भनि लाखे नाच समुहका ब्यक्ती हरुले बिद्युतका कर्मचारीलाई  कुटपिट गरी घाईते बनाएको घाईतेहरुको स्थानीय मेडीकलमा उपचार भईरहेको । कुटपिटमा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको । 

मृतलाश फेला ।
२०७९-०४-२१

मिति २०७९।०४।२० गते अं.१६:०० बजेको समयमा जिल्ला रुकुम पुर्ब सिस्ने गाउपालिका -०३ बस्ने बर्ष ५५ को जोखे कामी पानी घट्टको चक्की बेच्नको लागि जिल्ला रुकुम पश्चिम बाफिकोट तर्फ आई उक्त चक्की बेची घर तर्फ जाने क्रममा बाफिकोट गाउपालिका वडा नं.१ खेतखोला भन्ने स्थानमा पुर्बि रुकुम जाने कच्ची सडकको कुनामा मृत अवस्थामा रहेको भनि बाफिकोट गाउपालिका वडा नं.१ का वडा अध्यक्ष धन बहादुर खड्काले देखि टेलिफोन मार्फत यस चौकीमा जानकारी गराए पश्चात प्रहरी टोली घट्नास्थल सुरक्षार्थ खटी गएको । साथै जिल्ला प्रहरी कार्याय रुकुम पश्चिमबाट थप अनुसन्धानको लागि प्रहरी निरीक्षक राजिव श्रेष्ठको कमाण्डमा ७ जनाको प्रहरी टोली खटी गएको । 

अधिक लोड >>
कम देखाउनुहोस् <<